१. योजनाबाट प्रत्यक्ष लाभान्वित हुन उपभोक्ताहरुको भेला गरार्इ उपभोक्ता गठन गर्ने ।
२. उपभोक्ता समितिको गठन स्थानिय निकायले सिफारिस गरेको सरकारी कर्मचारी/सामाजिक परिचालकको रोहवरमा गर्ने ।
३. योजनाको बजेट र जनसहभागिताबाट बेहोर्नुपर्ने रकम उपभोक्ताहरुको भेलामा जानकारी गराउने ।
४. भेलामा बढी भन्दा बढी महिला सहभागी गराउन तथा पदाधिकारीमा रहेका महिलालार्इ बैंक खाता संचालकमा बस्न प्रोत्साहन गर्ने ।
५. समितिमा महिला, दलित, जनजाति, पिछडिएको वर्गलार्इ बस्न प्रोत्साहन गर्ने ।